सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प हुँदै, ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक प्याकेज
काठमाण्डौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटो मोबाइल डिभिजन सीजी मोटोकर्पले यहीे श्रावण २७ देखि २९ गतेसम्म "KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE"नाराका साथ मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने...

