बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । आज डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १३ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य वृद्धि भएको हो । आज एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२.२५ रुपैयाँ र बिक्रीदर १३२.८५ रुपैयाँ कायम भएको थियो ।

