समस्याग्रस्त सेयर मार्केटसको संयोजकका लागि ५ जनाको दरखास्त स्वीकृत, व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान
काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदका लागि ५ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो । उक्त सूचनाका आधारमा दरखास्त फाराममध्ये ५ जना उम्मेदवारले पेश गरेको...

