यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १४४.९१ रुपैयाँ र बिक्रीदर १४५.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४.७८ रुपैयाँ कायम भएको छ ।