आज अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।

