लघुवित्तहरुको कर्जाको भुक्तानी अवधि थपका लागि चैत मसान्तसम्म निवेदन दिनुपर्ने
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुमा कर्जा पुनरतालिकीकरण गर्ने समय नजिएको छ । यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाख मसान्तभित्र गरिसक्नु पर्नेछ । २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा एक वर्ष थप हुने गरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ । कर्जाका लागि भुक्तानी गर्न...

