डलरको मूल्यमा गिरावट, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको भाउ घटेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बिक्रीदर १३३.३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.७५ रुपैयाँ र बिक्रीदर १३३.३५ रुपैयाँ कायम थियो।

