विदेशी विनिमय सञ्चिति २६.२% ले वृद्धि, १५ महिनाको वस्तु आयात धान्न प्रयाप्त
काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । गत वर्षको असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई बैशाख मसान्तमा .१९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा...

