मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, आजै सार्वजनिक गरिने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीति पारित गर्न आज बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। सञ्चालक समितिले मौद्रिक नीति पारित गरेपछि आजै दिउँसो १ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यसअघि गत आइतबार ल्याउने भनेर ठिक्क पारिएको मौद्रिक नीति...

