आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपनि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेकाले राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो । चैत ६ गतेसम्म बैंकहरुको अन्तर बैंक ब्याजदर २.४०...