रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्द, सवारी धुलिखेल र खुर्कोटमा रोकिए
काठमाण्डौ । मनसुन सक्रिय भएसँगै विपद् जोखिम बढ्न थालेपछि बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।काभ्रेको रोशी खोलामा पानीको बहाव तीव्र बनेसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनले राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।

