१५ मिनेटपछि शुरु भएको बैठकमा पुनः विपक्षीको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षी अडान कायमै
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादकाबीच प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले पुनः अवरोध गरेका छन्। १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः शुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

