बिहीबार, असार ४,२०८३ 11:40:46
Bizshala
  • बिहीबार, असार ४,२०८३ 11:40:46
बागमती सरकारको नीति आज सार्वजनिक हुँदै, बजेटअघि सरकारमाथि परिणाम देखाउने दबाब
BUDGET

बागमती सरकारको नीति आज सार्वजनिक हुँदै, बजेटअघि सरकारमाथि परिणाम देखाउने दबाब

काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ ।  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको हो ।

दिगो पर्यटन प्रवर्द्धन गर्न पाँचवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार
TOURISM

दिगो पर्यटन प्रवर्द्धन गर्न पाँचवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार

काठमाण्डौ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी) को संयुक्त पहलमा सञ्‍चालित दीगो पर्यटन परियोजना (एसटीपी)’ अन्तर्गत नेपालमा दीगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्शन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ ।नेपाल...

करको भारी जनतामाथि, ढुकुटीचाहिँ रित्तिँदै
NEWS

करको भारी जनतामाथि, ढुकुटीचाहिँ रित्तिँदै

काठमाण्डौं । नेपालमा करका प्रकार र दर दुवै उच्च भइरहेका बेला सरकारको ढुकुटी भने झन् कमजोर बन्दै गएको देखिएको छ ।  आयकरदेखि भ्याट, भन्सार, अन्तःशुल्क, डिजिटल सेवा कर, शिक्षा सेवा कर, स्वास्थ्य जोखिम कर र हरित करसम्म डेढ दर्जनभन्दा बढी शीर्षकमा कर उठाइँदा पनि राज्यको वित्तीय अवस्था दबाबमा परेको हो । 

प्रधानमन्त्रीले विकास साझेदारी र लगानीबारे इयु प्रतिनिधिसँग संवाद गर्ने
NEWS

प्रधानमन्त्रीले विकास साझेदारी र लगानीबारे इयु प्रतिनिधिसँग संवाद गर्ने

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित युरोपेली संघ (इयु) सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग मंगलबार सामूहिक भेटवार्ता गर्ने भएका छन् ।यो भेटलाई नेपालको कूटनीतिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

प्रतिनिधिसभा बैठक आज ११ बजे, चार विधेयकमाथि छलफल हुने
NEWS

प्रतिनिधिसभा बैठक आज ११ बजे, चार विधेयकमाथि छलफल हुने

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।  सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा पर्यटन, विधि विज्ञान तथा निर्वाचनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल र आवश्यक प्रस्तावहरू प्रस्तुत गरिनेछन् ।

कोशी–गण्डकीमा चट्याङसहित वर्षा, लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो
NEWS

कोशी–गण्डकीमा चट्याङसहित वर्षा, लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो

काठमाडौं । देशभरको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक सक्रिय रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार यही मौसमी प्रणालीका कारण देशका विभिन्न प्रदेशमा बदली, वर्षा र केही स्थानमा हावाहुरीको सम्भावना बढेको छ ।

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, अनुसन्धान प्रक्रियामै गम्भीर प्रश्न
ECONOMY& POLITICS

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, अनुसन्धान प्रक्रियामै गम्भीर प्रश्न

काठमाण्डौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको पक्राउ प्रक्रिया सर्वोच्च अदालतले रोकेको छ । सर्वोच्च अदालतले काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ अनुमति नै कानुनी रूपमा निष्क्रिय भएको ठहर गर्दै देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो...

दर्ता भए ६५४ नयाँ उद्योग, ४ खर्ब ४७ अर्ब लगानीको प्रस्ताव
NEWS

दर्ता भए ६५४ नयाँ उद्योग, ४ खर्ब ४७ अर्ब लगानीको प्रस्ताव

काठमाण्डौ । चालु आर्थिक वर्षमा नेपालमा उद्योग दर्ताको गति बढेको देखिएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदै ६५४ नयाँ उद्योग दर्ता भएका छन्, जुन गत वर्षभर दर्ता भएका ७०० उद्योगको नजिक पुगेको छ।विभागका तथ्यांकअनुसार हाल दर्ता भएका यी उद्योगहरूले करिब ४ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँबराबरको प्रस्तावित लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। ती...

प्रधानमन्त्रीले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
ECONOMY& POLITICS

प्रधानमन्त्रीले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । शाहले मंगलबारबिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त
TOURISM

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त

काठमाण्डौ । सरकारले मुकेश डंगोल लाई नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशक नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णय : धान मूल्य, चीन–नेपाल प्रसारण लाइन र नागरिक उड्डयन नियुक्तिसम्म
NEWS

मन्त्रिपरिषद्का निर्णय : धान मूल्य, चीन–नेपाल प्रसारण लाइन र नागरिक उड्डयन नियुक्तिसम्म

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो ।

राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म नागरिकको घरमा पुर्याउँदै हुलाक सेवा, सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
NEWS

राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म नागरिकको घरमा पुर्याउँदै हुलाक सेवा, सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

काठमाण्डौ । सरकारी सेवा लिन नागरिकले कार्यालय धाइरहनुपर्ने परम्परागत अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित सरकारले डिजिटल तथा घरदैलोमा आधारित सेवा प्रणाली विस्तारलाई तीव्र बनाएको छ। हुलाक सेवा विभागमार्फत राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात नागरिकको घरमै पुर्याउने सेवा विस्तार भएको हो ।सरकारले प्रशासनिक सेवा प्रणालीलाई...

अब कक्षा–५ सम्म परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै कक्षा उक्लिने
NEWS

अब कक्षा–५ सम्म परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै कक्षा उक्लिने

काठमाण्डौं । अब कक्षा–५ सम्मका विद्यार्थीको मूल्यांकन गर्ने तरिका पूर्ण रूपमा बदलिने भएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालय ले नयाँ शैक्षिक सत्रदेखि कक्षा ५ सम्म परम्परागत लिखित परीक्षा हटाएर निरन्तर आन्तरिक मूल्यांकन प्रणाली लागू गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

लुम्बिनीको ठूलो प्रशासनिक सुधार : १२ मन्त्रालय घटाएर ८ मा सीमित, खर्च कटौती र सुशासनमा जोड्ने नयाँ नीति
BUDGET

लुम्बिनीको ठूलो प्रशासनिक सुधार : १२ मन्त्रालय घटाएर ८ मा सीमित, खर्च कटौती र सुशासनमा जोड्ने नयाँ नीति

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रशासनिक संरचना घटाउँदै सुशासन, कृषि उत्पादन, डिजिटल सेवा र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हाल कायम १२ मन्त्रालयलाई आगामी साउनदेखि ८ मन्त्रालयमा सीमित गर्ने घोषणा...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आव २०८५/८६ सम्म सम्पन्न हुने
TOURISM

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आव २०८५/८६ सम्म सम्पन्न हुने

काठमाण्डौ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०७१÷७२ देखि निर्माण प्रक्रिया सुरु  भएको यो विमानस्थल आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत यस आयोजनाको लागत ८ खर्ब रुपैयाँ रहेको छ । निर्माणका लागि विमानस्थल क्षेत्रमा तारबार लगाउने, निजी जग्गा...

परराष्ट्रमन्त्री शिशिर खनालद्वारा नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन आग्रह
TOURISM

परराष्ट्रमन्त्री शिशिर खनालद्वारा नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन सदस्य राष्ट्रहरूसँग औपचारिक रूपमा सहयोग मागेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा ईयूका २२ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालले नागरिक उड्डयन सुरक्षामा हासिल गरेको प्रगति र कार्यान्वयन भइरहेका सुधार कार्यक्रमलाई ध्यान दिन आग्रह गरेका...

नेपालमा ईयूको कूटनीतिक सक्रियता बढ्यो, प्रधानमन्त्रीसँग भेट्दै २२ देशका राजदूत
NEWS

नेपालमा ईयूको कूटनीतिक सक्रियता बढ्यो, प्रधानमन्त्रीसँग भेट्दै २२ देशका राजदूत

काठमाडौं । मंगलबार ईयूको टोलीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।युरोपेली संघ (ईयू) को उच्चस्तरीय प्रतिनिधिमण्डलको नेपाल भ्रमणलाई नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ । 

जापानको २ अर्ब ८० करोड येन सहयोगमा बीपी राजमार्ग पुनर्जीवन अभियान शुरु
NEWS

जापानको २ अर्ब ८० करोड येन सहयोगमा बीपी राजमार्ग पुनर्जीवन अभियान शुरु

काठमाण्डौं । बीपी राजमार्गको बाढीपहिरोले तहसनहस बनाएको पिप्ले–बर्खेखोला सडकखण्ड पुनर्निर्माणको काम औपचारिक रूपमा शुरु भएको छ ।लामो समयदेखि जोखिमपूर्ण बनेको यो सडक खण्डलाई पुनः सुरक्षित, दिगो र व्यवस्थित बनाउन जापानको सहयोगमा पुनर्निर्माण अभियान अघि बढाइएको हो ।

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
NEWS

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाण्डौं । दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएपछि उनको प्रकरण फेरि चर्चामा आएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय पर्सा ले सोमबार प्रसाईंविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गर्दै कानूनी प्रक्रिया अघि बढाएको हो ।

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने
NEWS

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

काठमाण्डौ । तनहुँ जिल्लामा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि एसियाली विकास बैंक ले २२७ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ ।यो आयोजना ३० प्रतिशत स्वपुँजी तथा ७० प्रतिशत ऋण लगानी संरचनामा निर्माण गरिनेछ। अर्धजलाशययुक्त प्रकृतिको यस आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ क्षेत्रमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.