अमेरिकाले १९ देशका नागरिकलाई जारी ग्रीन कार्ड पुनः परीक्षण गर्ने
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ देशका नागरिकलाई जारी गरिएको सबै ग्रीन कार्ड पुनः परीक्षण गर्ने घोषणा गरेको छ।अमेरिकी नागरिकता तथा आप्रवासन सेवा(युएससीआईएस)का प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति ट्रम्पले सुरक्षाको दृष्टीले संवेदनशील सूचीमा रहेका देशका प्रत्येक व्यक्तिको ग्रीन कार्ड कडाइका साथ पुनः समीक्षा गर्न निर्देशन दिएका हुन्।

