एशियन होटलले आईपीओ जारी गर्ने
काठमाण्डौ । भैरहवाको लुम्बिनीमा अवस्थित एशियन होटलले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३ गतेका लागि साधारण सभा डाकेको हो । सभा रुपन्देहीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

