सिटी होटलको हकप्रदलाई प्रमोटरले नै पत्याएनन्, नबिकेको लाखौं कित्ता अक्सनमा
काठमाण्डौ । विवादास्पद उद्योगी पवन गोल्यानको मुख्य लगानी रहेको सिटी होटल लिमीटेडले निश्कासन गरेको करिब १५ प्रतिशत हकप्रद सेयर आवेदन नपरेको देखिएको छ । यो होटलका हकप्रदमा केही प्रमोटरहरुले नै आवेदन नदिएका आँकडाले देखाएको छ । प्रमोटरले नै नपत्याएको कम्पनीको हकप्रदको पासोमा सर्वसाधारण सेयर लगानीकर्तालाई फसाइएकोसम्मको आरोपहरु सामाजिक सञ्जालहरुमा लाग्न थालेको देखिन्छ।

