बेनी नगरको आन्तरिक आम्दानी झन्डै चार करोड, लक्ष्य नजिक पुगेको दाबी
काठमाण्डौ । म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म झन्डै चार करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म तीन करोड ९६ लाख ६ हजार रुपैयाँ आन्तरिक आम्दानी जुटिसकेको छ।

