नयाँ वर्षको पूर्वसन्ध्यामा फिल्मी शैलीमा बैंक डकैती, यसरी लुटियो ३ करोड युरो
काठमाण्डौ। जर्मनीको पश्चिमी सहर गेल्सेनकिर्शेनमा नयाँ वर्ष आउन केही दिन मात्र बाँकी रहँदा ठूलो परिमाणको बैंक डकैती भएको खुलासा भएको छ। उक्त सहरस्थित एक बैंकबाट करिब ३ करोड युरो बराबरको नगद, सुन तथा बहुमूल्य गरगहना चोरी भएको जर्मन प्रहरीले जनाएको छ।जर्मन सञ्चारमाध्यम डीडब्ल्यूका अनुसार यस घटनालाई पछिल्ला वर्षहरूमा जर्मनीमा भएका सबैभन्दा ठूला र योजनाबद्ध बैंक डकैतीमध्ये...

