पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसेपाटीको घरमा सम्पत्ति शुद्धिकरणको छापा
काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको दाबी सार्वजनिक भएको छ।स्रोतहरूका अनुसार पौडेललाई सोमबार अपराह्न सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनी एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका सदस्यका रूपमा सुर्खेत पुगेका थिए।

