गभर्नर पौडेल भन्छन्, ‘आर्थिक र मौद्रिक नीतिबीचको भिन्नताका कारण मौद्रिक नीतिप्रति चासो बढेको छ’
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले सरकारको आर्थिक नीति र मौद्रिक नीतिबीचको भिन्नताका कारण मौद्रिक नीतिप्रति आम जनमानसको व्यापक चासो हुने गरेको बताएका छन् । म्यानेजमेन्ट एशोसिएसन अफ नेपालले सोमबार राजधानीमा आव २०८२/८३ को मौद्रिक नीतिको विषयमा आयोजना गरेको छलफल कार्यक्रमा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।