दोब्बरले बढ्यो क्लोजआउट जरिवाना, हुस्सु लगानीकर्ताले तिरे १२.६८ करोड
काठमाण्डौ । आर्थिक बर्ष २०८१/८२ मा सेयर बजारमा हुस्सु लगानीकर्ताहरुले १२ करोड ६८ लाख ७१ हजार ३७२ रुपैयाँबराकरको क्लोज आउट बापतको जरिवाना तिरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो । आथिर्क वर्ष २०८०/८१ मा भने लगानीकर्ताहरले ६ करोड ६५ लाख २७ हजार रुपैयाँ क्लोजआउट बापत तिरेका थिए । सीडीएससीका अनुसार यो अवधिमा २९ लाख ७१ हजार ८९४ वटा क्लोजआउटका घटना भएका...