तेलको मूल्यमा तीव्र वृद्धि : ब्रेन्ट ११५ डलर नाघ्यो, इरान-अमेरिका युद्धले आपूर्तिमा ठूलो संकट
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्यमा निरन्तर उकालो लागिरहेको छ। आज सोमबार बिहानको तथ्यांकअनुसार ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल ११५.२९ अमेरिकी डलर पुगेको छ, जुन एक दिनमा २.४२ प्रतिशतले बढेको हो। यही अवधिमा डब्ल्यूटीआई (WTI) क्रुडको मूल्य १००.९८ डलर प्रतिब्यारेल रहेको छ, जसमा १.३४ प्रतिशतको वृद्धि भएको छ। दुबई क्रुड भने १२९.९९ डलरमा रहेको छ।

