एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रमुख एजेण्डा पारित गर्ने भएको छ । आगामी जेठ २ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि सुरु हुने सभाबाट उक्त प्रस्ताव पारित गरिनेछ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो ।