११ महिनामा ४७ अर्ब बढी एफडीआई प्रतिबद्धता, ९१४ वटा परियोजना स्वीकृत
काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा ४७ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यो अवधिमा ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँबराबरको एफडीआई स्वीकृत भएको हो ।स्वीकृत भएको कुल एफडीआईमा अटोमेटिक रुटबाट ७ अर्ब ७१ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको विभागको तथ्यांकले देखाउछ ।

