इन्धनको मूल्य बढेसँगै हवाई भाडामा उच्च वृद्धि, काठमाडौं-धनगढी रुटको मात्रै रु.२३ हजार !
काठमाण्डौ । हवाई इन्धनको मूल्य दोब्बर बढेसँगै देशभित्रको हवाई उडान भाडा पनि अत्यधिक वृद्धि भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको अधिकतम भाडा अब २३ हजार ५९ रुपैयाँ पुगेको छ। भाडा वृद्धि मुख्य रूपमा इन्धन मूल्य (फ्युल सर्चार्ज) बढेसँगै वृद्धि भएको प्राधिकरणले प्रष्ट पारेको छ । यसअघि धनगढीको लागि इन्धन मूल्य ५ हजार ६ सय १० रुपैयाँ कायम...

