बुधबार, चैत्र १८,२०८२ 07:59:55
Bizshala
  • बुधबार, चैत्र १८,२०८२ 07:59:55
Bizshala
Global IME Bank Limited

इन्धनको मूल्य बढेसँगै हवाई भाडामा उच्च वृद्धि, काठमाडौं-धनगढी रुटको मात्रै रु.२३ हजार !

Hyundai Nepal
इन्धनको मूल्य बढेसँगै हवाई भाडामा उच्च वृद्धि, काठमाडौं-धनगढी रुटको मात्रै रु.२३ हजार !
Shivam Cement

काठमाण्डौ । हवाई इन्धनको मूल्य दोब्बर बढेसँगै देशभित्रको हवाई उडान भाडा पनि अत्यधिक वृद्धि भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको अधिकतम भाडा अब २३ हजार ५९ रुपैयाँ पुगेको छ। भाडा वृद्धि मुख्य रूपमा इन्धन मूल्य (फ्युल सर्चार्ज) बढेसँगै वृद्धि भएको प्राधिकरणले प्रष्ट पारेको छ ।  यसअघि धनगढीको लागि इन्धन मूल्य ५ हजार ६ सय १० रुपैयाँ कायम थियो।

नेपाल आयल निगमले मंगलबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२५ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ पुर्‍याएको थियो। यसपछि धनगढी रुटमा इन्धन शुल्क मात्र ११ हजार ९० रुपैयाँ पुगेको छ। अन्ततः न्यूनतम भाडा १४ हजार ४ सय ५७ रुपैयाँ कायम गरिएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

भाडामा इन्धनको मूल्यबाहेक वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क समेत समावेश हुन्छ।

वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडा दर लागू भइसकेको छ। कम्पनीहरूले बढेको डलर मूल्य र इन्धनको उच्च मूल्यका कारण हवाई सेवा सञ्चालन चुनौतीपूर्ण भएको बताएका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अन्य प्रमुख रुटका भाडा यस प्रकार रहेको छ:

  • काठमाडौं–माउन्टेन: न्यूनतम ११,३४२ / अधिकतम १८,०२६
  • काठमाडौं–भद्रपुर: न्यूनतम ९,९८९.२ / अधिकतम १५,८३७
  • काठमाडौं–विराटनगर: न्यूनतम ८,८८.९ / अधिकतम १२,७६५
  • काठमाडौं–जनकपुर: न्यूनतम ५,५६५ / अधिकतम ७,०७०
  • काठमाडौं–पोखरा: न्यूनतम ५,०१५ / अधिकतम ८,६०५
  • काठमाडौं–भैरहवा: न्यूनतम ७,०६० / अधिकतम ११,०१६
  • काठमाडौं–नेपालगन्ज: न्यूनतम १०,८०० / अधिकतम १७,१४८
  • काठमाडौं–तुम्लिङटार: न्यूनतम ६,३२७ / अधिकतम ९,९२०
  • सिमरा–धनगढी: २६,३०६ (जसमा इन्धन शुल्क १२,७३५ रुपैयाँ)

यसरी इन्धन मूल्यको वृद्धि सिधै हवाई भाडामा प्रभाव पारेको प्राधिकरणले जनाएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X