आईतवार, जेष्ठ ३,२०८३ 07:25:36
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:25:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्ट्रेट अफ हर्मुज बन्द रहिरहे विश्व तेल भण्डार हालसम्मकै न्यून विन्दुमा पुग्ने

Laxmi Sunrise Bank Limited
स्ट्रेट अफ हर्मुज बन्द रहिरहे विश्व तेल भण्डार हालसम्मकै न्यून विन्दुमा पुग्ने
Shivam Cement

काठमाण्डौ । विश्वव्यापी तेल भण्डार मध्यपूर्वमा जारी ठूलो आपूर्ति अवरोधको प्रभावले रेकर्ड गतिमा घटिरहेको छ । यदि स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा नआएमा भण्डार अत्यन्त संवेदनशील तहमा पुग्ने जोखिम रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी(आईइए) ले जनाएको छ।

आईईएले आफ्नो मासिक प्रतिवेदनमा आगामी गर्मीयामको उच्च माग अवधिअघि कच्चा तेल तथा इन्धनको मूल्य थप बढ्न सक्ने चेतावनी दिएको छ। एजेन्सीका अनुसार तीव्र गतिमा घटिरहेका भण्डार र निरन्तर आपूर्ति अवरोधले आगामी दिनमा मूल्यमा ठूलो उछाल ल्याउन सक्छ।

एक्सन मोबिलका प्रमुख कार्यकारी अधिकृत डारेन वुड्सले पहिलो त्रैमासिक आम्दानी प्रतिवेदनका क्रममा हालसम्म बजारले आपूर्ति संकटको पूर्ण असर महसुस नगरेको बताएका छन्। उनका अनुसार व्यावसायिक भण्डारण, सरकारद्वारा सञ्चालित रणनीतिक रिजर्भ तथा समुद्रमा रहेका तेल ट्यांकरहरूले मार्च र अप्रिलमा आपूर्ति अभावको असर कम गर्न सहयोग गरेका थिए।

Bizshala
New Office
CG Motors

तर वुड्सले दीर्घकालीन रूपमा व्यावसायिक भण्डार घट्दै जाँदा बजारमा उपलब्ध आपूर्ति सीमित हुने र त्यसले तेलको मूल्य थप बढाउने चेतावनी दिएका छन्।

स्विस बैंक युएसबीका विश्लेषकहरूका अनुसार फेब्रुअरी अन्त्यसम्म विश्व तेल भण्डार ८ अर्ब ब्यारेलभन्दा माथि पुगेको थियो। तर अप्रिल अन्त्यसम्म यो घटेर ७.८ अर्ब ब्यारेलमा सीमित भएको छ। यदि माग यथावत् रह्यो भने मे अन्त्यसम्म भण्डार ७.६ अर्ब ब्यारेलमा झर्न सक्ने अनुमान गरिएको छ।

जेपी मोर्गन चेसका विश्लेषकहरूले यस्तो अवस्था आपूर्ति प्रणालीका लागि तनावपूर्ण हुने बताएका छन्। उनीहरूका अनुसार कुल भण्डारमध्ये करिब ८० करोड ब्यारेल मात्र आपतकालीन रूपमा प्रयोग गर्न सकिने अवस्था छ, बाँकी तेल पाइपलाइन र भण्डारण प्रणाली सञ्चालनका लागि न्यूनतम आवश्यक हुन्छ।

Garima Development Bank
Shivam Cement
IME remit

जेपीमोर्गनकी ग्लोबल कमोडिटी रणनीति प्रमुख नताशा कानेभाले ‘मानव शरीरमा रक्तचाप जस्तै, तेल आपूर्ति प्रणालीको मुख्य चुनौती परिसंचरण हो’ भन्दै पर्याप्त कार्यशील भण्डार नहुँदा सम्पूर्ण आपूर्ति सञ्जाल प्रभावित हुने बताइन्।

यदि स्ट्रेट अफ हर्मुज सेप्टेम्बरसम्म पनि बन्द रह्यो भने विश्व तेल भण्डार ६.८ अर्ब ब्यारेलसम्म झर्न सक्ने जेपीमोर्गनको प्रक्षेपण छ। ऊर्जा अनुसन्धान संस्था र्यापिडान इनर्जी ग्रुपले जुलाई वा अगस्टसम्म इन्धन उत्पादन भण्डार नै संकट तहमा पुग्न सक्ने चेतावनी दिएको छ।

र्यापिडनका विश्लेषकहरूका अनुसार यस्तो अवस्था आएमा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ र इन्धन अभावका कारण यातायात तथा आपूर्ति संरचना ठप्प हुने जोखिम बढ्नेछ। उनीहरूले मूल्यवृद्धिमार्फत माग घट्दै जाने र त्यसले विश्वव्यापी आर्थिक मन्दी निम्त्याउन सक्ने बताएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.