बाढीपहिरोका कारण भएको क्षतिका लागि हालसम्म १.८८ करोड दाबी भुक्तानी
काठमाण्डौ । देशमा गत असोज १८ गते यताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिका लागि हालसम्म १ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ७८१ वटा प्रारम्भिक बीमा दाबीको ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ६७ वटा दाबीको कुल दाबी रकम १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको हो ।

