फागुनमा मात्रै ५१ हजार टन ग्यास आयात, तीन महिना यताकै उच्च !
काठमाण्डौ । नेपाल आयल निगमले बढ्दो मागको कारण फागुन महिनामा तीन महिना यताकै उच्च ग्यास आयात गरेको छ । उपभोक्ताले सहजै ग्यास नपाएको गुनासोपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरी फागुन महिनामा ग्यास आयात ह्वात्तै बढाएको हो ।

