सुनको मूल्य रेकर्डतोड उचाईमा, प्रतितोला १ लाख ८० हजार पार
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत चैत १९ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १८ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सयमा कारोबार भएको थियो ।