युरोपको ‘साउदी अरब’ बन्नेछ यो देश, फेला पर्यो तेलको ठूलो भण्डार
काठमाण्डौ । नेटो सदस्य राष्ट्रले तेलको ठूलो भण्डार फेला पारेको छ । यस भण्डारबाट दैनिक एक हजार ब्यारेल तेल उत्पादन गर्न सकिने जनाइएको छ। यसलाई युरोपका लागि ठूलो खोज मानिएको छ ।अहिलेसम्म युरोपेली देशहरू तेल र ग्यासका लागि बाँकी महादेशमा निर्भर छन्। यसअघि अधिकांश युरोपेली देशले रुसबाट ठूलो परिमाणमा ग्यास र तेल आयात गर्ने गर्दथे, तर युक्रेन युद्धपछि यो मात्रा घटेको छ ।