सेयरबजारप्रति बीमा कम्पनीहरुको आकर्षण, नौ महिनामा रु.५६.८७ अर्बको लगानी
काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा पौने ५७ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ५६ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी गरेका हुन् । यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४०.६७ प्रतिशत बढी हो । गत आवको...

