शोकसँगै शक्ति प्रदर्शन: खामेनीको अन्त्येष्टिमा लाखौं समर्थक, इरान थप आक्रामक
काठमाण्डौ । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि केवल धार्मिक वा शोकको कार्यक्रममा सीमित रहेन। राजधानी तेहरानका सडकमा लाखौं मानिस उत्रिएर अमेरिका र इजरायलविरुद्ध चर्को नाराबाजी गरेसँगै यो कार्यक्रमले इरानको भावी राजनीतिक र सैन्य दिशाबारे स्पष्ट सन्देश दिएको छ।शनिबार बिहानदेखि सुरु भएको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा हजारौं होइन,...

