सेयर संरचना परिवर्तन गर्दै कालिका लघुवित्त
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम हुने गरी सेयर संरचना परिवर्तन गर्न लागेको हो । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको ३५.४८ प्रतिशत कायम थियो । यो संस्था साविकको कालिका लघुवित्त र...

