लहान नगरको १ अर्ब ३८ करोडको बजेट, विकासमुखी तर कार्यान्वयन चुनौतीपूर्ण
काठमाण्डौ । सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको १ अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेटलाई लिएर विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका छन्। नगरसभामा प्रस्तुत बजेटले स्थानीय विकास, सेवा प्रवाह र पूर्वाधार विस्तारलाई केन्द्रमा राखे पनि कार्यान्वयन पक्षबारे प्रश्न उठेका छन्।

