सेयरबजारमा उच्च अंकको गिरावट, विज्ञ भन्छन्, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयले लगानीकर्ता तर्सिए'
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स समेत १.६१ प्रतिशतले घटेको छ । नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूहमा आज रातो पोतिएको छ ।...

