माउन्टेन ड्युलाई ‘पिक्स अफ करेज’ अभियान अन्तर्गत स्पाइक्स एसियामा ४ अवार्ड
काठमाडौँ । माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ । विश्वकै एक प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले हासिल गरेको यो एक ऐतिहासिक सफलता हो ।

