गुणस्तर परीक्षणको नियम खुकुलो बनेपछि चिया निकासी सहज, नयाँ अर्डरसँगै नेपाली चिया उद्योगमा उत्साह
काठमाण्डौ । भारतीय पक्षले गुणस्तर परीक्षणको प्रक्रिया सहज बनाएपछि झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको भारततर्फको निर्यात पुनः शुरु भएको छ।सरकारको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि काँकडभिट्टा नाका हुँदै चिया निकासी पुनः शुरु भएको हो।

