संसद्को गरिमा कायम गर्न सरकार असफल भएको कांग्रेसको भनाइ
काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारका कारण संसद् तथा संसदीय समितिहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको आरोप लगाएका छन्। उनले विशेषगरी राज्य व्यवस्था तथा सुशासन समितिको कार्य प्रभावित भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

