पाकिस्तान–कम्बोडियापछि यो देशले गर्न सक्छ ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस
काठमाण्डौ । जापानका पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीले नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सिफारिस गर्ने योजनामा रहेको धेरै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।एनटिभीका अनुसार टाकाइचीले ट्रम्पलाई आफ्नो मनसाय बताउन तयारी गरिरहेका छन्। पाकिस्तान र कम्बोडियाले यस अवार्डका लागि ट्रम्पको नाम सिफारिस गरिसकेका छन् ।

