सार्वजनिक ऋण २६.६७ खर्ब पुग्यो
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४६.७५ प्रतिशत हुन आउछ । चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । कुल सार्वजनिक ऋणमा बाह्य ऋण १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ र आन्तरिक ऋण...