रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%
काठमाण्डौ । कृषि विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १५.५८ प्रतिशतको लाभांश क्षमता बनाएको छ । यो वर्षको सहित जोडेर बैंकको कुल लाभांश क्षमता १८.४२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको सो वर्षका लागि लाभांश क्षमता ४.०९ प्रतिशत तथा कुल लाभांश क्षमता १३.०६ प्रतिशतमा सीमित थियो ।