जेनजीलाई राजेश पायलको आग्रह, ‘मलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी देउ, म भन्दा धेरै विदेश कोही गएको छैन’
काठमाण्डौ । गायक राजेश पायल राईले जेनजी समूहलाई अब बन्ने नयाँ सरकारमा आफूलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी प्रदान गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिन आग्रह गरेका हुन् ।