काठमाण्डौ । गायक राजेश पायल राईले जेनजी समूहलाई अब बन्ने नयाँ सरकारमा आफूलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी प्रदान गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिन आग्रह गरेका हुन् ।
उनले आफू धेरैपटक विदेश गएकाले उक्त पदका लागि योग्य भएको दाबी गरेका छन् । यस्तै उनले आफू सबैभन्दा धेरैपटक विदेश गएको दाबी समेत गरेका छन् ।
उनले लेखेका छन्,‘ जेनजी भाईहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस्, प्रधानमन्त्री मागेको छैन । किनकि म सञ्चार पर्यटन सम्हाल्न सक्छु । यदी म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउ मेरो पासपोर्ट र तिम्रो पासपोर्ट चेक गरौं । यो मेरो दावा हो,मलाई थाहा छ पर्यटन र संगीतको विकाश ! आँट गर्नै हो भने असम्भब कही छैन ।’