शुक्रबार, असार १९,२०८३ 07:31:26
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 07:31:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोखरामा ‘सीप, अवसर र रोजगारी’ नारासहित रोजगार मेला, ६० बढी कम्पनी सहभागी

Laxmi Sunrise Bank Limited
पोखरामा ‘सीप, अवसर र रोजगारी’ नारासहित रोजगार मेला, ६० बढी कम्पनी सहभागी

काठमाण्डौ । ‘सीप, अवसर र रोजगारी’ भन्ने नाराका साथ पोखरामा रोजगार मेला आयोजना गरिएको छ। पोखरा उद्योग वाणिज्य संघ र ग्रोथसेलरको संयुक्त आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मेला सञ्चालन गरिएको हो।

मेलामा बैंक, अस्पताल, मोटर कम्पनीसहित विभिन्न क्षेत्रका ६० भन्दा बढी व्यावसायिक कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। मेलामा रोजगारदाता कम्पनी र रोजगारीको खोजीमा रहेका दक्ष जनशक्तिबीच प्रत्यक्ष भेटघाट, कम्पनीहरूमा अवसरको जानकारी, अन्तर्वार्ता, पेशागत परामर्श तथा करियर विकाससम्बन्धी मार्गदर्शन उपलब्ध गराइएको छ।

New Office
CG Motors
Garima Development Bank

पछिल्लो समय ठूलो संख्यामा युवा जनशक्ति रोजगारीको खोजीमा रहेकाले आफ्नो सीप, योग्यता र अनुभवसँग मिल्ने अवसर पहिचान गर्न यस्तो मेला उपयोगी बन्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार यस्ता कार्यक्रमले रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीचको दूरी घटाएर रोजगारी सिर्जनाको वातावरण बनाउन सहयोग पुर्‍याउँछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रोजगार मेलाले विशेषगरी बेरोजगार युवा जनशक्ति र व्यावसायिक क्षेत्रबीच सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा आफ्नै देशमा बसेर सफल व्यवसाय र रोजगारीको अवसर सिर्जना गर्न यस्तो मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए।

आयोजकका अनुसार मेला केवल रोजगारी खोज्ने स्थान मात्र नभई युवालाई बजारको माग, आवश्यक सीप र करियर निर्माणको दिशाबारे जानकारी दिने प्लेटफर्मका रूपमा अघि सारिएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.