आन्दोलनकारीको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको छ, संयमित बनौं : राष्ट्रपति पौडेल
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीहरुको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक विज्ञप्ती जारी गर्दै आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भईरहेको बताएका हुन् ।