असार तेस्रो सातासम्म देशभर ३२% धान रोपाइँ सम्पन्न
काठमाण्डौ । असार तेस्रो साता लाग्दासम्म देशभर ३२.३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार सोमबारसम्म कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये चार लाख ४३ हजार ५९५ हेक्टरमा रोपाइँ सकिएको हो।गत वर्ष यही अवधिसम्म करिब ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण गत वर्षको तुलनामा रोपाइँको गति सुस्त देखिएको...

