Bizshala
  • मंगलवार, असार २३,२०८३ 11:40:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

असार तेस्रो सातासम्म देशभर ३२% धान रोपाइँ सम्पन्न

Laxmi Sunrise Bank Limited
असार तेस्रो सातासम्म देशभर ३२% धान रोपाइँ सम्पन्न

काठमाण्डौ । असार तेस्रो साता लाग्दासम्म देशभर ३२.३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार सोमबारसम्म कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये चार लाख ४३ हजार ५९५ हेक्टरमा रोपाइँ सकिएको हो।

गत वर्ष यही अवधिसम्म करिब ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण गत वर्षको तुलनामा रोपाइँको गति सुस्त देखिएको विभागले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा कुल दुई लाख ७६ हजार ३८७ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये ८७ हजार ३३ हेक्टरमा रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको ३१.५ प्रतिशत हो।

धान खेतीको सबैभन्दा ठूलो क्षेत्रफल रहेको मधेश प्रदेशमा भने रोपाइँको प्रगति सबैभन्दा कम देखिएको छ। मधेशमा तीन लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५.६ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।

बागमती प्रदेशमा एक लाख १४ हजार ५२४ हेक्टरमध्ये ३३.२ प्रतिशत अर्थात् ३८ हजार २६ हेक्टरमा रोपाइँ सकिएको छ। गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ४१ प्रतिशत अर्थात् ३८ हजार ३८९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लुम्बिनी प्रदेशमा तीन लाख एक हजार ३७२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये ३७।३ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०९ हेक्टरमा रोपाइँ भएको छ।

त्यस्तै, कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टर क्षेत्रफलमध्ये असार १९ गतेसम्म ४०।५ प्रतिशत अर्थात् १७ हजार ५४९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशमा भने रोपाइँको प्रगति अन्य प्रदेशको तुलनामा बढी देखिएको छ। उक्त प्रदेशमा कुल एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये ५७।९ प्रतिशत अर्थात् ८९ हजार ७४२ हेक्टरमा धान रोपाइँ सकिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.