२४ घण्टामा १,७८२ चालक कारबाहीमा, करिब पाँच लाख रुपैयाँ राजस्व संकलन
काठमाण्डौ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ७८२ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।कारबाहीबाट राज्यकोषमा करिब रु ४ लाख ९४ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

