वैदेशिक रोजगारीमा गएकाले स्नो रिभर्सको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । स्नो रिभर्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत ९ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आईपीओमा आज ५ बजेसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको...

